लियो डिस्ट्रकको दोश्रो काउन्सिल मिटिङ्ग सम्पन्न

  • पोखरा, १६ माघ । 
लियो जिल्ला परिषद् ३२५ बी १ नेपालको अवार्ड सेरोमनी तथा दोश्रो काउन्सिल मिटिङ्ग पोखरामा सम्पन्न भएको छ । 

पोखरामा रहेका सम्पुर्ण लियो क्लवहरुको आतिथ्यतामा माघ १५ र १६ गते गरी दुई दिन सम्पन्न उक्त कार्यक्रममा ४३ क्लवबाट २४४ जना लियो सदस्यको सहभागिता रहेको कार्यक्रम संयोजक लियो विष्णु तिमिल्सनाले जानकारी दिए । जिल्ला परिषद्मा हाल ५९ लियो क्लव रहेका छन् । 

डिस्ट्रिक प्रेजिडेन्ट लियो निरन्जन डंगोलको सभापतित्व तथा डिस्ट्रिक गभर्नर एम जे एफ लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान डिस्ट्रिक गभर्नर पि एम जे एफ लायन धु्रव बहादुर थापा, लियो चेयरपर्सन लायन भेकेन्द्र कुमार श्रेष्ठ, मल्टिपल प्रेसिडेन्ट लियो अशोक पौडेल, पास्ट मल्टिपल प्रेसिडेन्ट लायन शेखर कार्की, पास्ट डिस्ट्रिक प्रेसिडेन्ट ई. लियो बिप्लव सुवेदी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा डिस्ट्रिकका विभिन्न एजेन्डा पारित गर्नुका साथै जुन देखी डिसेम्वर महिना सम्म उत्कृष्ठ कार्य गर्ने लियो क्लव तथा लियो सदस्यहरुलाई बिभिन्न अवार्डद्वारा सम्मान गरिएको थियो । 

उक्त अवसरमा प्रख्यात गजल वाचक प्रकट पंगेनि शिवको विशेष प्रस्तुती लगायत बिभिन्न सास्कृतिक कार्यक्रम गर्नुका साथै लियोको इतिहासमै पहिलोपटक फेवातालमा बाराही चोक देखी हल्लनचोक सम्म डुङ्गामा परेड समेत गरिएको कार्यक्रम संयोजक तिमिल्सनाले जानकारी दिए ।

कार्यक्रममा स्वागत मन्तब्य डिस्ट्रिक भाइस प्रेसिडेन्ट लियो राजेन्द्र बरालले राखेका थिए भने कार्यक्रम संचालन डिस्ट्रिक सेक्रेटरी लियो बिजय राज रिजालले गरेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...