प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच गोप्य भेटवार्ता

- काठमाडौं, १७ पुस ।
स्रोतका अनुसार प्रचण्ड र ओलीको भेटवार्तामा कुनै ठोस सहमति नभएपनि सकारात्मक कुराकानी भएको छ । माओवादी नेता श्रेष्ठले संविधान संशोधन र सदनको अवरोधबारे दुबै पक्षको आ-आफ्नोे अडान कायमै रहेको बताए ।
स्रोतहरुले भने वार्ता सकारात्मक भएको बताएका छन् । पछिल्लो समय आरोप प्रत्यारोपमा उत्रिएका दुई नेताबीच धेरै पछि खुलेर कुराकानी भएको थियो र, कुराकानीका क्रमा ओली र प्रचण्ड दुबैमा कुनै आक्रामकता देखिएको थिएन ।
नेताहरुले विगतको समिक्षा गर्नुका साथै संविधान संशोधन, सदनको अवरोध, महाअभियोग र चुनावबारे कुराकानी गरेका छन् । अब भोलि कांग्रेस, एमाले र माओवादीका तीन शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
