कमलरी खरिदबिक्री हुने माघी पर्वबारे यसो भन्छिन् शान्ता चौधरी

  • काठमाडौँ १ माघ । 
आज माघे संक्रान्ति अर्थात माघी । यो पर्वका माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले मकर संक्रान्तिका रुपमा परिचित छ ।

चाकु, तरुल, खिचडी र तिलको लड्डुलजस्ता पोषिला खानेकुरा खाने अनि शरीरको दर्द हराउने पर्वका रुपमा पनि यो परिचित छ । आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजा गर्ने चलन पनि छ ।

विभिन्न समुदायले विभिन्न नाममा यो पर्व मनाउने गरेको छन् । यो पर्व कुनै समय थारुहरुका लागि र त्यसमा पनि कमलरीहरुका सन्दर्भमा त निकै पीडादायी थियो ।

माघीका दिन कमैया कमलरी खरिदबिक्री हुन्थे । अहिले त्यो प्रचलन इतिहास बनेको छ । त्यही कमलरी परिवारबाट हुर्किएर सभासद्सम्म बनेकी शान्ता चौधरीले त्यो इतिहासको पीडा समाजिक सञ्जालबाटै पोखेकी छिन् ।

‘हामी थारुका लागि माघी अति महत्त्वको चाड हो,’ उनले भनेकी छिन्, ‘माघीको दिनमा कमैया कमलरी खरिदबिक्री हुन्थे तर यस्तो कार्य इतिहास भइसकेको छ । कुनै जमाना मेरा लागि पीडाको पर्व थियोे अहिले खुसीको पर्व भएको छ ।’

उनले हरेक वर्ष माघी आफ्नै जिल्ला दाङमा बनाउने गरेको स्मरण गर्दै यो वर्ष काठमाडौंमा पहिलो पटक माघी मनाउँदै गरेको पनि उल्लेख गरेकी छिन् । उनले माघीको अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै शुभकामनासमेत भनेकी छिन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...