नेपालको शिक्षा क्षेत्र कसरि बदल्न सकिन्छ ? श्रीजीत श्रेष्ठसँगको भिडियो कुराकानी


नेपाल एउटा यस्तो मुलुक हो, जहाँको कुल जनसंख्यामध्ये झन्डै एक चौथाइ मानिस अझै पनि गरिबीको रेखामुनि रहेका छन् । यसका कयौं  कारणहरुमध्येको एउटा प्रमुख कारण हो शिक्षा । 

आम जनताको पहुँच  शिक्षा क्षेत्रमा नपुग्दा र शिक्षा हासिल गर्ने हैसियत राख्नेहरुले पनि प्राविधिक अथवा अझ भनु आधुनिक शिक्षानीति बिना नै अध्ययन गरिरहेका कारण हामी दक्षता प्राप्त गर्न सकिरहेका छैनौं ।

जसकारण हामी बेराेजगारीकाे सिकार भइरहेका छाैं । केलाउदै जादाँ याे एउटा पाटाे रहेपनि शिक्षाा क्षेत्रकाे क्रान्तिका लागि भन्दै बिभिन्न  राजनीतिक पार्टीहरुसँग आबद्ध विद्यार्थी संगठहरुले पनि शैक्षिक क्रान्तिको आवाज उठाएको देखिन्छ / सुनिन्छ ।

तर यसका लागी अब विद्यार्थी मात्र होइन हरेक शिक्षितबर्गले पहलकदमी लिन जरुरी छ भन्ने मान्यतालाई जोड दिदै आएका एउटा व्यक्तित्व हुन् एसियन कलेज अफ एडभान्स स्टडीज ललितपुरका प्रिन्सिपल श्रीजीत श्रेष्ठ ।

निम्न आर्थिक अवस्थाका बाबजुद पनि उनले शैक्षिक र स्वास्थ्य क्षेत्रको बिकासकै लागि भनेर दुख र संघर्षका साथ् कलिलो उमेरमा नै थाइल्याण्डको मैडोल विश्व विद्यालयबाट डिग्री हासिल गरे । 

अहिले उनि पूर्वाञ्चल विश्व विद्यालयको बिषयगत समिति सदस्य पनि छन् । शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउनकै लागि आफु नेपाल फर्किएकाे उनकाे भनार्इ छ ।

त्यतिमात्र नभएर उनले थाइल्याण्ड छोडेर नेपाल फर्किएलगत्तै ललितपुरका ४ ओटा कलेजमा लगानी गरी देशमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानको सुरुवात पनि गरिसकेका छन् ।

उनै श्रेष्ठसँग इमान्दार मिडियाका लागि सहकर्मी प्रताप शर्माले उनकै कार्यकक्षमा पुगेर गर्नुभएकाे कुराकानीलार्इ
 (भिडियोसहित)अाज प्रस्तुत गर्दैछाैं ।

हेर्नुहोस् भिडीयो 




, ,

प्रतिकृया दिनुहोस्

Loading...