आजदेखि १० कित्ता भन्दा कम शेयर किनबेच गर्न सकिने

  • काठमाडौं, २३ माघ ।

अब १० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने भएको छ ।

आइतबारदेखि १० भन्दा कम कित्ता शेयर पनि किनबेच गर्न सकिने व्यवस्था लागु हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

एक्सचेञ्जका अनुसार दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम अर्थात अड लट किनबेच गर्न सकिनेछ । यसअघि १० र १० ले गुणा जाने सङ्ख्यामा मात्र शेयर कारोबार गर्न पाइन्थ्यो ।

नेप्सेले गरेको नयाँ व्यवस्थापछि यो समस्या समाधान हुने र लगानीकर्ता थप लाभान्वित हुने नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...