स्ववियु चुनावको कार्यतालिका सच्याउन आग्रहसहित क्रान्तिकारीले त्रिविलाई दियो चेतावनी

  • काठमाडौँ, १९ माघ ।

त्रिभुवन विश्व विद्यालयले आफु खुशी स्ववियु निर्वाचन तालिका सार्बजनिक गरेको भन्दै नेकपा(माओवादी) निकट अखिल (क्रान्तिकारी)ले आपत्ती जनाएको छ ।

क्रान्तिकारीले कार्यतालिका हेरफेर गर्न र ताेकिएकै समयमा निर्वाचन गर्न माहुल बनाउन मागसहित त्रिभुवन विश्वविद्यालयका उपकुलपति  तिर्थ खनियालार्इ ज्ञापन पत्र बुझाएकाे छ।

विप्लव नेतृत्वकाे नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष पूर्ण सिंहद्वारा हस्ताक्षरित ज्ञापनमा भनिएको छ, - 'त्रिविले राजनीतिक सिण्डिकेटको पर्खालभित्रबाट शाही हुकुमी शैलीमा स्ववियुको मिति, निर्देशिका र निर्वाचन कार्यतालिका घोषणा गरेको बिषयप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।'

त्रिविको उक्त कार्यले कथित लोकतान्त्रिक पद्धतिको मुकुण्डो च्यातेको मात्र नभएर स्ववियुको गौरभपूर्ण इतिहासको तेजोबध गरिरहेको समेत पत्रमा उल्लेख छ । 'त्यसले पञ्चायती छत्रछायाँ, बदनाम, र विकृत स्ववियुको पुनरावृति बाहेक अरु केहि हुन् सक्दैन । त्यसले विश्वविद्यालय प्रज्ञिक एबं शैक्षिक उन्नती होइन स्ववियुलाई एकाधिकारको हतियार बनाउनेतर्फ उद्धत देखिन्छ ।'  ज्ञापनपत्रमा भनिएको छ ।

त्यस्तै क्रान्तिकारीले आफ्नो पार्टीको आठौ महाधिवेशनसंग अन्तरविरोधी हुने गरी चुनाबी कार्यक्रम ल्याइएको भन्दै कार्यतालिका सच्याउन समेत माग गरेको छ । क्रान्तिकारीले अब कार्यतालिका हेरफेर नगरे चुनाब नभएर आफुहरुले आन्दोलनको सुरुवात गर्न सक्ने चेतावानी समेत दिएको छ ।

पत्रमा अगाडी भनिएको छ, -'दलीय संसदीय व्यवस्थाको ध्वंशगरी एकिकृत जनक्रान्तिको राजनितिक कार्यदिशाद्वारा वैज्ञानिक समाजवाद स्थापना गर्ने  महान अभियानमा अघि बढिरहेको नेकपा (माओवादी) को ऐतिहासिक ८ औं  राष्ट्रिय महाधिवेशन (फागुन १ देखि १५) संग अन्तरविरोध हुनेगरी ल्याइएको चुनावी कार्यतालिका पुनर्विचार गर्न आग्रहसहित २०७३ साल चैत्र मसान्तभित्रै स्ववियु चुनाव सम्पन्न गर्ने वातावरण निर्माणका लागि अनुरोध गर्दछौं ।अन्यथा चुनाव होइन आन्दोलन एकमात्र विकल्प हुनेछ ।'

, ,

प्रतिकृया दिनुहोस्

Loading...