एड्भान्स टपर जोशीको नेतृत्वमा क्रान्तिकारी चुनाव लड्दै

  • काठमाडौँ, १६ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले कुपनडोलस्थित एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा स्ववियु चुनावीको मैदानमा उत्रेको छ ।

क्रान्तिकारीले कलेजका टपर विद्यार्थी गजेन्द्रराज जोशीलाई अध्यक्षको उम्मेदवार बनाउँदै शैक्षिक र व्यवस्थापिक मुद्धालाई मुख्य बनाएको छ ।

अखिल क्रान्तिकारीले पुरानो प्रवृतिलाई तोडेर पूर्वाधारले सम्पन्न कलेज, स्वास्थ्य प्रतिस्पर्धाको वातावरण, उतिर्ण संख्या बढाउने, एकलौटी प्रशासनको अन्त्यलाई आफ्नो चुनावी एजेण्डा बनाएको छ ।

अध्यक्षका उम्मेदवार जोशीले प्राविधिक शैक्षिक संस्थालाई व्यवसायी थलो बनाउनु पुरानो मानसिकतालाई तोडेर ज्ञानको थलो बनाउन अभियान संचालन गर्ने बताए । सोमबार इमान्दार मिडियासँग कुरा गर्दै जोशीले भने, “हामीले ‘ब्रेक दि ट्रेन्ड, सेट दि बेस’को नारालाई विद्यार्थीमाझ राखेका छौँ, कलेजलाई शैक्षिक र व्यवस्थापकीय पक्षमा हामीले नयाँ गर्ने सोँच बनाएका छौँ।”

अखिल क्रान्तिकारी अन्य उम्मेदवारहरुमा सचिव लुना चन्द, कोषाध्यक्ष एलिजा घिमिरे रहेका छन् । त्यसैगरी सदस्यहरुमा जनक पौडेल, अमिर पौडेल, आकाश जोशी, सुजन अर्याल, एलिज ढुंगाना, खुश्बु महर्जन, बिवेक चन्द र सागर काफ्ले रहेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...