स्वास्थ्यचौकीलाई ५ रोपनी जग्गा दान

बैतडी,६ फागुन ।
बैतडीको महादेवस्थान गाविसमा रहेको महादेव स्वास्थ्यचौकीलाई नरेन्द्रदेब भट्टले जग्गा दान गरेका छन् ।
बिहीबार स्वास्थयचौकीमा बसेको बैठकमा स्वास्थ्यचौकीलाई भट्टले ५ रोपनी जग्गा दान गरेका हुन्।
स्वास्थ्यचौकीको नयाँ भवन निर्माणका लागी दान गरेको जग्गा फागुन महिना भित्रै स्वास्थ्यचौकीको नाममा नामसारी गरी दिने निर्णय भएको स्वास्थ्यचौकीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
