भिरबाट लडेर नेम्वाङको ज्यान गयो



इलाम, २० माघ ।

इलामको महमाईमा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । 

महमाई–६ निवासी मिक्लुवीर नेम्वाङको बुधबार फेवाखोलाको एकसय मिटर अग्लो बेसारे भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट मङ्गलबार निस्किएका नेम्वाङ घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा बेसारे भिरमा फेला पारेको स्थानीयवासी चन्द्र तामाङले जानकारी दिए । 

मृतक नेम्वाङको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरी चौकी महमाईले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...