ट्रम्पको यात्रा प्रतिबन्ध आदेशमा रोक लगाउने अदालतको फैसला यथावत

- एजेन्सी, २८ माघ ।
अमेरिकाको एक पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध आदेशमा रोक लगाउने यसअघिको फैसला यथावत रहने निर्णय गरेको छ ।
यसअघि ट्रम्पको विवादित यात्रा प्रतिबन्धको आदेशलाई तल्लो अदालतले रोक्ने निर्णय गरेपछि त्यो विषय त्यहाँको पुनरावेदन अदालतमा पुगेको थियो ।
पुनरावेदन अदालतले पनि तल्लो अदालतको फैसला यथावत रहने निर्णय गरेपछि ट्रम्पलाई झट्का लागेको छ । ट्रम्पले राष्ट्रपतिको सपथ लगत्तै सात वटा मुस्लिम बाहुल्यता भएको देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गरेका थिए ।
अदालतको फैसला लगत्तै ट्रम्पले ट्वीट गरेर ‘अब अदालतमा भटौँला, देशको सुरक्षा खतरामा छ ।’ भनेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...