फेसबुकमा बलात्कारको ‘सेक्स’ भिडियो लाइभ भएपछि

  • लन्डन । 

स्वीडेनमा आइतबार बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरुले एक महिलामाथि गरेको सामूहिक बलात्कारको भिडियो फेसबुकमा लाईभ अपडेट गरेको देखिएको थियो ।

आइतबार बिहान स्वीडेनमा उप्पासलामा एक महिलाले प्रहरीमा आएर उनीहरुले फेसबुकमा सीमित ग्रुपमा सामूहिक बलात्कारको भिडियो देखाएको बताएकी थिइन् । 

ती महिलाका अनुसार भिडियोको अन्तिममा एक व्यक्तिले भन्छन्, ‘तिमीमाथि बलात्कार भयो’ र त्यसपछि हाँस्छन् । त्यसपछि प्रहरीले केही अन्य व्यक्तिले समेत सो भिडियो फुटेज हेरेका थिए ।

सो फेसबुक समूहमा हजारौं सदस्य रहेको खुलेको छ । प्रहरीले १९ देखि २५ वर्षका तीन व्यक्ति र एक महिलालाई अपार्टमेन्टबाट निकालेको जनाएको छ । 

उनीहरुलाई घटनास्थबाट गिरफ्तार गरेको हो । भिडियो देखेपछि प्रहरीमा सम्पर्क गर्ने महिला २१ वर्षीय जोसेफिन लुंडग्रेन हुन । उनले स्वीडेनको एक पत्रिकालाई बलात्कारमा सम्पग्न मध्ये एक व्यक्तिसँग बन्दुक भएको बताएकी छन् ।

उनले सो भिडियो फेसबुक लाईभ ब्रोडकास्टमा करिब ६० हजारले प्रत्यक्ष हेरेका थिए भने केहीले भद्धा कमेन्ट समेत गरेका थिए । 

फेसबुकले लाइभ स्ट्रमिङको सुरुवात सन् २०१५ मा गरेको थियो । घटनास्थलको रिर्पोटिङका लागि सञ्चारमाध्यमहरुले समेत यसको नियमित प्रयोग गर्ने गर्दछन् । – एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...