विनोद चौधरी दलाल पुँजीपति हुन् : घनश्याम भुसाल

  • काठमाडौं, २३ माघ  । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अरबपति विनोद चौधरी दलाल पुँजीपति भएको बताएका छन् ।

नेपालका कम्युनिस्ट नेता र वामपन्थी बुद्धिजीवीहरुबीच आइतबार छलफलको विषय थियो ‘नेपालमा पुँजिवादको चरित्र’ । नेपाल अध्ययन केन्द्रले आयोजना गरेको बहसमा कार्यपत्र प्रस्तोता थिए-

भुसालले बोल्दाबोल्दै बिनोद चौधरीको प्रसंग निकाले । उनले चौधरीको नाम त लिएनन् तर विश्वका धनी व्यक्ति भनेर नेपाली उद्यमी फोर्ब्समा आए पनि उनको चरित्र दलाल पुँजिपति रहेको टिप्पणी गरे । चौधरी एमालेबाटै संविधानसभा सदस्य भइसकेका र एमालेको राजनीतिमा संलग्न अर्बपति हुन् ।

एमालेका पूर्वअध्यक्ष झलनाथ खनालसहित धेरै एमाले नेता-कार्यकर्ताले खचाखच भरिएको बागबजारस्थित हार्दिक होटलको हलमा एमाले उपमहासचिव भुसालले भने- राष्ट्रिय पुँजिपतिले उत्पादनमूलक उद्योग गरेर श्रमलाई उद्योगसँग गाँस्छ । तर, हाम्रोमा फोब्र्सको सूचीमा पनि परिसके, तर सारमा औद्योगीकरण होइन, माल ल्याउने, बेच्ने र पैसा बाहिर लैजाने पुँजिपति भए ।

एमाले नेता भुसालका अनुसार विनोद चौधरीले नेपालमै वस्तु उत्पादन गर्ने, त्यो उत्पादनसँग नेपाली श्रम जोड्ने र औद्योगीकरण गर्ने प्रक्रिया थालेमात्रै त्यो औद्योगिक पुँजिवाद हुन्छ । त्यो नगरेसम्म नेपालका व्यापारीहरुले गर्ने गरेको धन आर्जन बिचौलिया धन्दामात्रै हो । यसबाट समग्रमा मुलुकलाई केही फाइदा हुँदैन ।

घनश्याम भुसालको कार्यपत्रमाथि टिप्पणी गर्ने माओवादी केन्द्रका नेता वर्षमान पुन, नेकपा संयुक्तका नेता सुनिल मानन्धर, बामपन्थी अर्थ राजनीतिक विश्लेषक हरि रोक्काहरुले पनि नेपालमा दलाल पुँजीवाद हावी रहेको बताए ।


,

प्रतिकृया दिनुहोस्

Loading...