अफगानिस्तान र पाकिस्तान - हिमपात र हिमपहिरोमा परि १०० बढीको मृत्यु

  • एजेन्सी, २४ माघ ।
अफगानिस्तान तथा पाकिस्तानमा हिमपात तथा हिमपहिरोका कारण एक सय भन्दा धेरै मानिसको ज्यान गएको छ ।

लगातार भइरहेको हिमपात तथा हिमपहिरोका कारण अफगानिस्तानमा पछिल्लो तीन दिनमा एक सय भन्दा धेरैको ज्यान गएको छ । त्यसमध्ये १६ जनाको राजधानी काबुलको उत्तरी क्षेत्रमा गएको हिमपहिरोमा परि ज्यान गएको हो ।

यस्तै पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको उत्तरपूर्वी राज्य नुरिस्तानमा हिम पहिरोमा परि ४५ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । पाकिस्तानमा पनि हिमपहिरोमा परि १३ जनाको ज्यान गएको छ ।

त्यसमध्ये ९ जनाको चितराल शहरमा ज्यान गएको हो । हिमपहिरोका कारण धेरै घरमा क्षति पुगेको छ । धेरै मानिस घरमै फसेका छन् । हिउँका कारण यातायात सेवा रोकिएको छ भने सयौं गाडी बाटोमै रोकिएका छन् ।

अफगानिस्तान तथा पाकिस्तानका उच्च पहाडी क्षेत्रको जनजीवन निकै कष्टकर भएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...