प्यालेस्टाइनी मारेको आरोपमा सैनिकलाई १८ महिनाको जेल सजाय

तेल अभिभ, ११ फागुन ।
इजरायलको एक सैनिक अदालतले मङ्गलबार एक सैनिकलाई १८ महिनाको जेल सजाय दिएको छ ।
ती सैनिकमाथि एक प्यालेस्टाइनी आक्रमणकारीलाई गोली हानी मारेको र उनको गोली प्रहारबाट अर्का एक प्यालेस्टानी घाइते भएको आरोप लागेको छ ।
एलोर एजारिया नामक ती सैनिकलाई मानव हत्या गरेको आरोपमा दोषी पाइएको एक महिनापछि न्यायाधीश मया हेल्लेरले उक्त सजाय दिएको हो ।
गत बर्षको मार्च महिनामा वेस्ट बैंकस्थित इजायली सैनिकको गोलीबाट अब्दुृल फताह सहिफ मारिएका थिए । – एएफपी
प्रतिकृया दिनुहोस्
Loading...
