अजिंगरलाई कानको लोतीमा घुसाउँदा युवतीलाई पर्‍यो आपत

मानिसका इच्छा र चाहना पनि कस्ता कस्ता ? शौख पूरा गर्न खतरनाक कदम उठाउने साहसीहरुको कमी छैन यो दुनियाँमा । 

अमेरिकाको पोर्टल्याण्डमा बस्ने एक युवती यस्तै मनुवाहरुमध्ये एक हुन् । एश्ले ग्वे नामकी ती युवतीले कानको लोतीमा बडेमाको प्वाल पारेकी छिन् र त्यसमा सर्पको गहना लगाइ छाडिन् ।

भलै सर्पको गहना लगाउनु उनका लागि ठूलै सकस बन्यो । कानको लोतीमा पारेको प्वालमा अजिंगर छिराएको उनको फोटोे सोसल मिडियामा खुबै भाइरल बन्यो । तर त्यो फोटो खिचिँदाको क्षण वास्तवमै निकै दुखदायी थियो ।

घरमा बार्ट नामको अजिंगर पालेकी एश्ले अजिंगसँग खेल्दै गर्दा ख्यालख्यालमै अजिंगरले उनको कानमा रहेको प्वालमा टाउको छिरायो । उक्त लोतीको प्वाल पार गर्छु भन्ने लाग्यो होला अजिंगरलाई र ऊ प्वालमा घुस्दै गयो ।

तर जाबो लोतीको प्वालमा के अटाउँथ्यो अजिंगर ? ऊ बीचमै गएर अडि्कयो । लोतीको प्वालमा अजिंगर यस्तो कसिलो गरी अडि्कयोकि अजिंगर आफै त निस्कन सक्दैनथ्यो नै एश्लेले अजिंगरलाई तानेर निकाल्ने अवस्था पनि रहेन । त्यसपछि उनी तुरुन्तै अस्पतालमा इमरजेन्सीमा पुगिन् ।

कानको लोतीमा सर्पको गहना लगाएर हतारिँदै आएकी युवती देखेर डाक्टरहरु अचम्ममा परे । समस्या बुझिसकेपछि डाक्टरहरुले बडो सुझबुझका साथ उनको कानको लोतीको प्वाल काटिदिएर अजिंगरलाई सकुशल बाहिर निकाले । 

यो घटनापछि एश्लेले चेतेकी छिन् । अब अजिंगरसँग यस्तो खतरनाक खेल कहिल्यै नखेल्ने बाचा उनले गरेकी छिन् । एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...