फागुन ७ नेपालमा चुनाव सुरु भएको दिन, अब निर्वाचन दिवस मनाइने

  • काठमाडौं, ७ फागुन ।
निर्वाचन आयोगले आज पहिलो निर्वाचन दिवस मनाउँदैछ । अबदेखि प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउने भएको छ।

नेपालमा पहिलोपटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको हो ।

२०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए ।

आज दिवसको अवसरमा आयोजना हुने मूल समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले मुख्य अतिथिका रुपमा भाग लिनेछन् ।

लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले पहिलो पटक भव्यताका साथ दिवस मनाउने तयारी गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...