श्रीमतीको दुवै कान काटेर श्रीमान फरार



अफगानिस्तानमा एक व्यक्ति आफ्नी श्रीमतीको दुवै कान काटेर फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा घर भएकी २३ वषिर्या पिडित महिलाको नाम जरीना हो । उनी अहिले अस्पतालमा भर्ना भएकी छिन् ।

जरीनाले बिबिसीसित भनिन्, ‘मैले कुनै पाप गरेकी थिइनँ । थाहा छैन किन उहाँले ममाथि यस्तो गर्नुभयो ।’

जरीनाका अनुसार उनका पतिले सुतिरहेको बेला उनीमाथि हमला गरेका थिए । १३ वर्षको उमेरमा जरीनाको बिहे भएको थियो र पतिसँग सुरुदेखि नै उनको राम्रो सम्वन्ध थिएन । श्रीमानले उनलाई आफ्नो श्रीमानसँग भेट गर्न नदिने प्रयास गर्थे । जरीना अब यो सम्वन्धलाई निरन्तरता दिन चाहन्नन् ।

‘मेरा पति अत्यन्त शंकालु छन् । जब म आफ्नो मातापितासँग भेट्न जान्थेँ, उनी ममाथि अपरिचित व्यक्तिसँग कुरा गरेको आरोप लगाउँथे,’ उनले सुनाइन् ।

आफ्ना श्रीमानलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाओस भन्ने उनी चाहन्छिन् ।

२०७३ माघ २० गते प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...