माछा मार्ने क्रममा करेन्ट लागेर मणिकुमारको ज्यान गयो
- मोरङ, २३ माघ ।
मोरङको बेलबारी–३ मा आज दिउँसो खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा सोही ठाउँका ३८ वर्षीय मणिकुमार तामाङको मृत्यु भएको छ ।
दिउँसो १ बजे स्थानीय बेतना खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा आफैँलाई करेन्ट लाग्दा तामाङ घाइते भएका थिए ।
उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...