अन्त्येष्टि गरेर घर फर्किएलगत्तै मृतकको फोन आएपछि…
जहाँको कोल्लम जिल्लामा दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव अन्त्येष्टिपछि परिवारका सदस्यलाई फोन आएको छ ।
केही दिनअघि त्यहाँको मन्दिरमा भएको भीषण आगलागी सय भन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यसमा प्रमोद नाम गरेका व्यक्ति पनि परेका थिए ।
भारतीय पत्रिका ‘द हिन्दुस्तान टाइम्स’ का अनुसार प्रमोद पुतिङ्गल मन्दिरका लागि पटका जम्मा गर्ने ठेकेदारसँग काम गर्दथे ।
उक्त दुर्घटनामा परेका प्रमोदको शवलाई परिवारले अस्पताल लगेर मृत शरीरको अन्तिम संस्कार गरेर घर पनि फर्किए । तर उनको अन्त्येष्टि गरेर घर पुगेलगत्तै परिवारका सदस्यलाई फोन आयो र उनी दुर्घटनापछि जीवित रहेको पाइयो ।
कसरी जिवित भेटिए ?
मन्दिरमा पटका भण्डार गर्ने स्थानबाटै आगो लागेपछि उनी अचेत भएका थिए । उनको मृत्यु भएको थिएन् । दुई दिनपछि होस आएलगत्तै उनले २५ किलोमिटर टाढा रहेको आफ्नो घरमा फोन गरे ।
सोमबारराति होस आएपछि उनले मंगलबार फोन गरेका थिए । तर उनले घरमा फोन गर्दा उनको दाहसंस्कार नै परिवारले गरिसकेको थियो । २९ वर्षीय प्रमोदले आफू जिउँदै रहेकोमा आफैलाई आश्चर्य लागेको भन्दै पुर्नजन्म भएको बताएका छन् ।
कसको शव जलाइयो ?
उनीहरुले अर्को कुनै प्रमोद नाम गरेको व्यक्तिको शव लगेर दाहसंस्कार गरेको रिपोर्टमा उल्लेख छ । प्रमोदको शब भन्दै दाहसंस्कारका लागि दिएको शब कसको थियो भन्नेबारेमा अधिकारीहरुले पहिचान गर्न जुटिरहेका छन् । एजेन्सी ।
प्रतिकृया दिनुहोस्
Loading...