विद्युत प्राधिकरणको चुनावमा यसपटक लोडसेडिङविरुद्ध भोट

  • काठमाडौँ, १७ फागुन।
  • इमान्दार मिडिया संवाददाता ।
नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी ट्रेड युनियनहरुको चुनाव बुधबार हुँदैछ । आधिकारिक ट्रेड युनियनको लागि हुने चुनावका सबै कार्यक्रम आजबाट स्थगित भएका छन् ।

चुनावी मैदानमा नेपाली काँग्रेस निकट कर्मचारी संघ, एमाले निकट कर्मचारी युनियन र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

प्राधिकरणमा कार्यरत विभिन्न कर्मचारीहरुले यसपटक लोडसेडिङ विरुद्ध आफ्नो भोट रहने बताएका छन् ।
उनीहरुले कर्मचारी संघ र कर्मचारी युनियनका नेतृत्वले केही उद्योग, सोलार, जेनेरेटर कम्पनी र ठूला व्यवसायी घरानासँग मिलेर लोडसेडिङ गरेको उनीहरुले आरोप लगाएका छन् ।

“यसपटकको मेरो भोट लोडसेडिङविरुद्धमा हुनेछ, जनतालाई अँध्यारोमा राख्नेलाई भोट दिन हुँदैन” कैलालीको अत्तरिया ग्रिडका सहायक इन्जिनियर महेशचन्द्र भट्टले भने ।

इन्जिनियरदेखि इलेक्ट्रीसियनले आफ्नो भोट लोडसेडिङ विरुद्धमा हुने बताए । गुलरिया वितरण केन्द्रका इलेक्ट्रीसियन गलुराम थारुले पनि आफ्नो भोट राष्ट्रिय कर्मचारी संगठनलाई दिने बताए ।

त्यसैगरी धनुषाको महेन्द्रनगर वितरण केन्द्रका सुपरभाइजर रामसागर मण्डलले कमिसनको लोभमा प्राधिकरणलाई डुबाउने र जनतालाई अँध्यारोमा राख्ने विरुद्ध आफूले भोट हाल्ने बताए । बुटवल वितरण केन्द्रका सुपरभाइजर शशिराम भण्डारीले कर्मचारी संघ र कर्मचारी युनियनलाई जिताउने भनेको लोडसेडिङलाई समर्थन गर्नु भएको बताए ।

जनकपुर वितरण केन्द्रका इन्जिनियर प्रविण मिश्रले पनि उज्यालो अभियानमा लागेको नेपाल राष्ट्रिय कर्मचारीलाई प्राधिकरणको आधाकरिक ट्रेड युनियन बनाउनु पर्ने तर्क गरे ।

प्राधिकरणका कर्मचारीले एमाले र काँग्रेस निकट कर्मचारी संगठनका नेतृत्वले कर्मचारी र प्राधिकरणको हितमा भन्दापनि पैसा कमाउने धन्दामा लागेका कारण भोट नदिने बताउँदै प्रभाकर-कुलमानको अभियानमा अाफ्नो सात रहेन बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...