मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड, टुडे पानीमा अत्याधिक हानिकारक चुनको मात्रा


माधव पनेरु ।


पोखरा, १० फागुन।

पोखराको याम्दीखोलामा उत्पादन हुने टुडे पानी मानव स्वास्थ्यको लागि हानिकारक रहेको तथ्य फेला परेको छ। 

पोखराको बजार र मुख्य होटलहरुमा बोतल र जारमा बिक्रि गर्दे आएको टुडे वाटरको प्याकिङ्ग सिलबन्दी गरिएको बोतलमा चुनको मात्रा अत्याधिक भेटिएपपछि यो रहस्य बाहिर आएको हो । 

सि.एम अक्वा बेवरेजले पोखराको याम्दीमा टुडे पानी उत्पादन गर्दे आएको छ । पानीमा चुनको मात्रा भएको कम्पनीका प्रोडक्सन प्रमुख मोहन गौतमले स्वीकार गरे । 

सधै चुनको मात्रा नआउने भएपनि कहिलेकाँही आउने गरेको भन्दै उनले यसको बिकल्प आफुसँग नभएको दावि गरे । 

पिउने पानी भन्दै बोतलमा प्याक गरेर बिक्रि गरेपछि स्वास्थ्यका दृष्टीकोणले उपयुक्त हुनुपर्ने न्यनतम सर्त हुन्छ । तर एक्वाले सो मापदण्ड पुरा नगरीकन नै बजारमा अखाद्य पदार्थ मिसिएको पानी खुलमखुला रुपमा बिक्रि गर्दे आएको छ । 

पानीका बोतलभित्र रहेको सेतो पदार्थ अखाद्य बस्तु हो भन्ने जान्दाजान्दै पनि टुडेले आफ्नो बिक्री बन्द गरेको छैन। अशुद्ध पानी बिक्री भैरहेको भए पनि प्रसासनले ध्यान दिएको छैन । 

जिल्ला प्रसाशन कार्यालयमा यसबारे जानकारी गराइएको भएपनि हालसम्म उक्त कम्पनी प्रति कुनै कदम चालेको जानकारी प्राप्त भएको छैन ।

,

प्रतिकृया दिनुहोस्

Loading...