जुसको बिर्को खोल्दा एक महिलाको होस् उडेपछि...
जेड स्मिथ नाम गरेकी एक महिलाले ब्लडी मैरी ड्रिंक बनाउनका लागि जब एल्डी सुपरमार्केटबाट टमाटरको जुस किनिन् ।
जुस किनिसकेपछि उनलाई के थाहा थियो भने यस डब्बाबाट एक डराउने खालको बस्तु निस्किएला । केही दिन पहिले पनि एक युवतीले सोही ठाउँबाट केरा खरिद गरेपछि त्यसमा मरेको भ्यागुता फेला परेको थियो ।
उनी भन्छिन्, ‘मैले जब डिब्बा खोले तब मलाई लाग्योकी यसमा केही छ । डब्बालाई हल्लाउने वित्तिकै यस्तो लाग्थ्योकी त्यसमा केही ठोस चीज छ । मैले डिब्बा खोलेपछि मेरो होस उड्यो । त्यसमा एक भ्रुण थियो ।’
जेडले भनिन् ‘मलाई थाहा थिएन, यो कसैको भु्रण जस्तै लागिरहेको थियो । यसका लागि उनले एल्डीलाई यसको जाँचका लागि पत्र पनि लेखेकी थिइन् ।
जब यसको जाँंच गरियो र तब पत्ता लाग्योकी त्यो एक प्रकारको च्याउ थियो । डब्बामा हावा छिरेपछि नै भित्रै च्याउ उम्रिएको थियो । एजेन्सी ।
प्रतिकृया दिनुहोस्
Loading...