२ नम्बर प्रदेशका २०० वकिलद्वारा सामुहिक राजीनामा

  • काठमाडौं, २७ माघ ।

न्यायाधीश नियुक्तिको विरोधमा दुई नम्बर प्रदेशका करिब २ सय वकिलहरुले नेपाल बार एशोसिएसनबाट सामूहिक राजीनामा दिएका छन् ।

उनीहरुले बिहीबार नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

नेपाल बार एशोसियसनको कार्यसमितिमा रहेका दुई नम्बर प्रदेशका सबै र अन्य इच्छुकहरु गरी साढे दुई सयभन्दा बढीले सामुहिक राजीनामा बुझाएको न्यायाधीश नियुक्ति संघर्ष समितिका संयोजक सुधीरकुमार कर्णले जानकारी दिए ।

हालै न्यायपरिषदले गरेको न्यायाधीश नियुक्ति समानुपातिक समावेशी सिद्धान्त विपरीत भएको भन्दै नेपाल बारको आह्वानमा देशभरका सरकारी वकिलहरुले समेत आन्दोलन गरेका थिए । तर आन्दोलनकै क्रममा बारले सर्बोच्च अदालतसँग सम्झौता गरेर धोका दिएको भन्दै दुई नम्बर प्रदेशका वकिलहरु असन्तुष्ट थिए ।

राजीनामा बुझाउनु अघि दुई नम्बर प्रदेशका वकिलहरुले बार परिसरभित्र पनि नाराबाजी गरेका थिए । केहीबेर नाराबाजी गरेपछि माथिल्लो तलामा गएर अध्यक्ष शेरबहादुर केसीलाई सामुहिक राजीनामा बुझाइएको थियो ।

राजीनामा बुझाउने क्रममा कर्णले सर्बोच्चसँग गरिएको सम्झौता खारेज र संविधानमा भएको समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयनका लागि बारले कुनै कदम चाल्यो भनेमात्रै सोच्न सकिने बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...