एक हप्तामा दुईपटक सुत्केरी भइन् महिला



सामान्यतया गर्भाधारण गरी बच्चा जन्माउन महिलालाई ९ महिना लाग्छ । 

तर एकजना महिला भने केवल ७ दिनको अन्तरमा दुई पटक आमा बनेकी छिन् । तपाइँ सोँच्नुहोला, यो कसरी सम्भव भयो ? तर यो वास्तवमै सत्य हो ।

घटना चीनको हो । चेंग नाम गरेकी एक महिलाले ७ दिनमा दुई छोरी र एक छोरालाई जन्म दिएकी छिन् । ती महिला २० वर्षकी चेंगलाई प्रसव पीडा सुरु भएसँगै उनले गत २१ फेब्रुअरीमा अस्पतालमा नर्मल डेलिभरीबाटै एउटा छोरा जन्माइन् । ३० हप्ताको गर्भपछि समय नै नपुगीकनै उनको बच्चा जन्मिएको थियो ।

छोरा जन्मिएसँगै महिलाको प्रसव पीडा रोकियो । तर उनको गर्भमा अझै दुई बच्चा थिए । डाक्टरहरुलाई गर्भमा अझै बच्चा रहेको थाहा थियो । 

तर तत्कालै सुत्केरी व्यथा नलाग्ने वा बच्चा नर्मल डेलिभरीबाट जन्मिन अझै केही दिन लाग्ने देखेपछि डाक्टरहरुले ती महिला र जन्मिएको बच्चालाई अस्पतालबाट डिस्चार्ज गरे । 

घर गएको सात दिनपछि पुनः उनलाई प्रसव पीडा सुरु भयो । उनलाई पुनः अस्पतालमा लगियो । अस्पतालमा उनले फेब्रुअरी २८ मा नर्मल डेलिभरीबाटै थप जुम्ल्याहा छोरी जन्माइन् । यसरी उनले कुल ३ बच्चा जन्माइन् एक हप्तामै ।

महिलाले एक हप्ताको अन्तरमा ३ वटा बच्चा जन्माएको विश्वमै नयाँ घटना भएको बताइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...