सुत्ने तरिका नमिले बालबालिकाको मृत्यु हुनसक्ने
- एजेन्सी, १ चैत्र ।
बालबालिकालाई सुताउने तरिका नमिल्दा उनीहरुको ज्यान जाने गरेको छ । सुताउने तरिका मिलाउन सके एक वर्ष भन्दा कम उमेरमा हुने शिशुमृत्यु दर कम गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन् ।
सुत्ने तरिका नमिलेका कारण तथा अरु कारणले तत्काल हुने शिशु मृत्युलाई सडेन इफान्ट डेथ सिन्ड्रोम (सिड्स) भनिन्छ । यसलाई कोट डेथ पनि भन्ने गरिन्छ । बालबालिकालाई सुताउने तरिका मिलाउन सकेमा कोट डेथको मात्रा धेरै घटाउन सकिने बेलायतका अनुसन्धानकर्ताले बताएका छन् ।
बालबालिकालाई घोप्टी पारेर, कोल्टे फर्काएर वा सोफामा आफूतिर फर्काएर सुताउन नहुने विज्ञको भनाई छ । सुताउँदा बालबालिकाको अनुहार छोप्न पनि नहुने उनीहरुको भनाई छ । बालबालिकालाई धेरै तातो वा गुम्म बनाएर सुताउँदा पनि कोट डेथको खतरा रहन्छ ।
बालबालिकालाई कम्तिमा ६ महिनासम्म आमाकै रेखदेखमा सुताउने तथा उनीहरुलाई सफा तथा आरामदाइ बिस्तारामा उत्तानो पारेर सुताउनु पर्ने विज्ञको भनाई छ । पछिल्लो तथ्यांक अनुसार विश्वमा कोट डेथका कारण हरेक वर्ष १५ हजार भन्दा धेरै एक वर्षमुनिका बालकालिकाको ज्यान जाने गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...