जापानमा एकैदिन दुई लाख ८० हजार कुखुरा एकै ठाउँमा राखियाे, लाखौं नष्ट

  • टोकियो, ११ चैत ।

कुखुराबाट सर्ने फ्लु फैलिन नदिनका लागि जापानमा शुक्रबार दुई लाख ८० हजार कुखुरा एकै ठाउँमा जम्मा गरिएको छ । सयौं सुरक्षाकर्मी परिचालन गरेर उच्च सतर्कताका साथ कुखुरा एकै ठाउँमा जम्मा गरिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

देशभरि रहेका विभिन्न कुखुरा फर्मबाट गत नोभेम्बरदेखि अहिलेसम्म लाखौं कुखुरा नस्ट गरिसकिएको छ । उत्तरी ओमोरी क्षेत्रमा पनि अब ठूलो संख्यामा कुखुरा नस्ट गरिने भएको छ ।

कुखुरा संकलन गरी नस्ट गर्ने टोली झन्डै दुई लाख २० हजार कुखुरा मार्न मियागी क्षेत्रमा जाने अधिकारीले जनाएका छन् । टोकियोदेखि दक्षिणपश्चिमी क्षेत्रमा ६८ हजार कुखुरा नस्ट गरिने भएको छ ।

कुखुरा मार्नका लागि रक्षा मन्त्रालयले ३७० ओटा समूह ती क्षेत्रमा पठाएको मन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...