पुरुषले अनिवार्य थाहा पाउनै पर्ने महिलाका यी १० कुरा


महिलासँग जोडिएका यस्ता विभिन्न स्वास्थ्य समस्या छन् जुन बिस्तारै कुनै ठूलो रोगको रुपमा विकसित हुनसक्छ । 
थुप्रै पटक व्यस्त जीवनशैलीका कारण महिला आफ्नो स्वास्थ्यमा त्यति ध्यान दिन पाउँदैनन् । त्यसकारण यसबारे पुरुषलाई पनि थाहा हुन अत्यावश्यक छ । 

भारतकी स्त्री रोग विशेषज्ञ डा. निरजा पौराणिकले महिलाको स्वास्थ्य सम्बन्धि यस्ता १० समस्याबारे बताउँदैछिन् जसबारे प्रत्येक पुरुषलाई थाहा हुनुपर्छ ।

स्तनमा परिवर्तनः

स्तनमा कुनै प्रकारको परिवर्तन जस्तै चिलाउने, सुन्निने वा गाँठो देखिएको छ भने यसमा विशेष ध्यान दिनुहोस् । यस्तो समस्या देखिए तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

स्तन क्यान्सरः

यदि स्तन सुन्निएको छ, दुख्छ, गाँठो छ वा आकार परिवर्तन भइरहेको छ भने यो स्तन क्यान्सरको संकेत हुनसक्छ । यसलाई नजरअन्दाज नगर्नुहोस् र सहि समयमा उपचार गराउनुहोस् ।

योनीश्रावः

योनीश्राव दुई वा तीन प्रकारको हुनसक्छ । यदि यसको कुनै रंग छैन भने यो स्वस्थ छ । यदि यसको रंग हरियो वा पहेंलो छ भने समस्या गम्भीर हुनसक्छ । यस्तोमा तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

पेल्भिक एरियाः

महिलाको पेल्भिक एरियाको मांसपेशी स्वस्थ छ भने स्ट्रेस, ब्याकपेन र पिसाबसम्बन्धि समस्याको खतरा रोकिन सक्छ । यो मांसपेशीलाई बलियो बनाउनका लागि विज्ञको सल्लाहअनुसार किगल व्यायाम गर्नसक्नुहुन्छ ।

तनावले तौल बढाउँछः

पुरुषको तुलनामा महिला धेरै तनाव लिने गर्दछन् । तर स्ट्रेसले शरिरको मेटाबोलिजममा निकै नराम्रो असर पुर्याउने गर्दछ । यस्तोमा पर्याप्त क्यालोरी बर्न हुन पाउँदैन र तौल पनि बढ्न थाल्छ ।

स्ट्रेच मार्कः

महिलाको स्ट्रेच मार्क कहिलेकाँही पूरा रुपमा ठिक हुँदैन तर यसलाई हल्का गर्न सकिन्छ । आलुको रस, अण्डा वा जैतुनको तेलले मसाज गर्दा निकै फाइदा हुन्छ ।

कमजोेर हड्डीः

महिलामा महिनावारीको क्रममा हुने रगतको कमीका कारण हड्डी कमजोर हुनथाल्छ । यसबाट बच्नका लागि खानामा दुध, पनिर, चिजजस्ता क्याल्सियमयुक्त खानेकुरा समावेश गर्नुहोस् ।

कपाल झर्नेः

महिलामा हर्मोनको परिवर्तनका कारण दैनिक सयदेखि १ सय २० वटा सम्म कपाल झर्ने गर्दछ । योभन्दा धेरै कपाल झर्यो भने स्वस्थ खाना र उपचारको सहयोग लिनुहोस् ।

रक्तअल्पत्ताः

महिलालाई धेरैजसो रगतको कमी हुन्छ । विशेषगरी महिनावारीका क्रममा स्वस्थ डाइट नखाँदा रक्तअल्पत्ताको समस्या बढ्ने गर्दछ ।

महिनावारीको दुखाईः

महिनावारीको क्रममा महिलालाई निकै पीडा हुन्छ । यसलाई कम गर्नका लागि खानामा हरियो सागसब्जी, अदुवाको चिया, चकलेट र केराजस्ता खानेकुरा समावेश गर्नुहोस् ।

रातोपाटि डटकमको सहयोगमा 

,

प्रतिकृया दिनुहोस्

Loading...