इज्जतै नरहे कसरी बाच्नु ? यस्तो छ रिमाको 'सुसाइट नोट'

काठमाडौं, २० फागुन ।
स्ववियु चुनावको नतिजापछि अात्महत्या गरेकी फेदीखोला गाविस ९ स्थित डाँडागाउँकी रिमा क्षत्रीले अाफूले चुनाव हारेर नमरेको सुसाइट नोटमा लेखेकी छन् ।
फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययरत रिमाले ‘चुनाव हारेर म मरेकी होइन। आजसम्म मलाई जसले जस्तो व्यवहार गरे पनि कसैलाई नभनी सहेरै बसेकी थिएँ।
बाँच्ने रहर थियो तर इज्जतै नरहेपछि बाँच्ने रहर मर्दो रहेछ। बाबा, आमा, दाइ, दिदी, भाउजू र साथीहरू, मलाई माफ गरिदिनू। तपाईंहरूबाट धेरै टाढा जाँदैछु’ सुसाइट नोटमा लेखिकी छन् ।
अन्नपूर्ण पोष्टका अनुसार २० वर्षीया रिमा क्षत्री बिहीबार बिहान आफ्नै घरको बार्दलीमा मृत अवस्थामा भेटिएकी थिइन् । बिहान ८ बजे टिनको छानो भएको घरको बार्दलीमा सलको पासो लगाएको अवस्थामा उनलाई भेटिएको प्रहरीले जनाएको छ।
स्वतन्त्र विद्यार्थी युनियनको बुधबार भएको निर्वाचनमा सिद्धार्थ बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघका तर्फबाट अध्यक्ष पदकी उम्मेदवारसमेत हुन् उनी। अखिलकी प्रतिष्ठा कार्कीसँग उनी पराजित भएकी थिइन्।
आफ्नो पराजयलाई स्वीकारेकी उनी सोही दिन साँझ सदरमुकाम आएकी थिइन्। सदरमुकामस्थित त्रिभुवन आदर्श क्याम्पसमा नेविसंघका सुनील चापागाईं विजयी भएपछि उनको विजयी र्यालीमा सहभागी भएर साँझ ८ बजेपछि साथीहरूसँगै उनी घर फर्केकी हुन्।
पुग्नुअघि नै उनका बाबु भीम क्षत्री छोरीलाई लिन बाटोसम्म आएका थिए।

प्रतिकृया दिनुहोस्
Loading...