पुनर्वासलाई गोविन्द नगरपालिका नामाकरण गर्न माग, उक्त क्षेत्रमा होलि नमनाउन आग्रह
हेमन्त न्यौपाने ।
पुनर्वास, २८ फागुन ।
पुनर्वास नगरपालिकालाई वीर सहिद गोविन्द गौतमको नामबाट नामकरण गर्न स्थानीयहरुले सरकारसंग माग गरेका छन् ।
मातृभूमि लागि भारतीयहरुसँग लड्ने क्रममा सिमानामा ज्यान गुमाएका गौतमको नामबाट पुनर्वास नगरपालिकालाई नामकरण गर्नुपर्ने स्थानीयहरुको तर्क छ ।
यस्तै कञ्चनपुर जिल्ला क्षेत्र न. १ का सांसद दिवान सिंह बिष्टले पुनर्वास नगरपालिकालाई गोविन्द नगरपालिका बनाउन आफुले पहल थाल्ने बताएका छन । गाैतम परिवार भेट्न अानन्दबजार पुगेका सांसद विष्टले यस्ताे बताएका हुन ।
यसैबीच पुनर्वास क्षेत्रमा होलि नमनाउन सबैलाई आग्रह गरेका छन । गाैतमकाे सहादतपछि पुरै देश शाेकमा डुबेका बेला पुर्नवास क्षेत्रका स्थानीयले हाेली नमनाउने भएका छन् ।
गौतमको शवलाई आइतबार ११ तोपको सलामी दिएर उच्च राष्ट्रिय सम्मानकासाथ अन्त्यष्टी गरिने सरकारले तयारी गरेको छ ।
आनन्दबजारमा भारतले अतिक्रमण गरेको भुमिमा भारतीय एसएसबीसंग ढुंगामुढा गर्दै लडेका गोविन्द गौतमकाे एसएसबीको गोली लागेर ज्यान गएकाे थियाे ।
प्रतिकृया दिनुहोस्
Loading...