अखिल क्रान्तिकारीद्वारा कसमस कलेजका उत्कृष्ट विद्यार्थीलाई सम्मान
काठमाडौँ, ४ चैत्र ।
अखिल क्रान्तिकारीले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । पोखरा विश्वविद्यालय अन्तरगत ललितपुरमा रहेको कसमस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले ‘स्वागत, बिदाई, सम्मान तथा सम्मेलन’ कार्यक्रममा प्रत्येक सेमिस्टारका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।
चापागाउँ दोबाटोस्थित कलेजमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा नव आगुन्तुक विद्यार्थीलाई स्वागत र अध्ययन सकेका विद्यार्थीलाई बिदाई समेत गरिएको थियो ।
संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले विद्यार्थीलाई स्वागत तथा बिदाई गर्दै शैक्षिक संस्था निजीकरण, दलालीकरण, व्यवसायीकरण गरिएकाले शिक्षा जनताको पहुँचमा पुग्न नसकेको बताए । उनले शिक्षालाई जनताका छोराछोरीले पढ्न सक्ने वातावरण सिर्जनको लागि आफ्नो संगठनले संघर्ष गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पोखरा विश्वविद्यालयका संयोजक गणेश रैकालले चर्को शूल्कका कारण सर्वसाधारण जनताका छोराछोरीले विश्वविद्यालय शिक्षाबाट बञ्चित भएको बताए । विद्यार्थीको व्यपार गर्न खोलिएका शैक्षिक मरामर्श केन्द्रहरुले अभिभावक र विद्यार्थीलाई विभिन्न प्रलोभनमा पारी विदेश पलायन गरिरहेको बताए ।
‘शैक्षिक परामर्शका नाममा खोलिएका संस्थाहरुले नेपाली विद्यार्थी र अभिभावकलाई प्रलोभनमा पारी व्यपार गरिरहेका छन्, पैसा कमाउन खोलिएका त्यस्ता दलाल संस्थालाई हामीले छानविन गरिरहेका छौँ’ रैकालले भने । उनले विश्वविद्यालयमा राजनीतिक कोटाका आधारमा नियुक्त हुने र पार्टीको सेवामा लाग्ने भएका कारण विश्वविद्यालयको गुणस्तर खस्किरहेको बताए ।
क्याम्पस इकाई सम्मेलनले अरुण अर्यालको अध्यक्षतामा १०१ सदस्यीय मुल इकाई समिति चयन गरेको छ । जसको उपाध्यक्षमा मनदिप श्रेष्ठ, कबिन्द कार्की, सचिव हेमन्त तामाङ, सहसचिवमा नितेन्द्र यादव, मनिषा गैरे, कोषाध्यक्षमा नसिव विष्टलाई चयन गरेको छ ।
नयाँ कमिटीलाई संगठनका केन्द्रीय सचिवालय सदस्त तथा सिटिईभिटीका संयोजक सुनिता बम, पोखरा विश्वविद्यालय उपत्यका जिल्ला संयोजक पुष्पराज न्यौपनाले नव निर्वाचित बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...