महिलाको अश्लिल भिडियो खिचेर धम्क्याएपछी ....
काठमाडौं—महिलाको अश्लिल भिडियो खिचेर सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गर्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी देहमाण्डी-६ स्थायी घर भएका २३ वर्षीया राजबहादुर बोहोरा छन्।
उनले महिलालाई पटक-पटक टेलिफोनमार्फत् कुराकानी गरी विभिन्न बहानामा रातको समयमा कोठमा प्रवेश गरी नशालु पदार्थ खुवाई अश्लिल भिडियो खिचेका थिए। पछि उनले अश्लिल भिडियो आफूसँग भएको धम्की दिएर महिलासँग पैसा तथा गरगहना ठगी गरेका थिए।
पीडित महिलाका नातेदारलाई समेत फेसबुक मेसेन्जरबाट अश्लिल भिडियो पठाएर मानसिक यातना दिएपछि प्रहरीमा उनीविरुद्ध उजुरी परेको थियो।
सिआईबीले उनलाई काठमाडौं ल्याएर विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ। प्रहरीले फेसबुकमार्फत् अनलाइन ठगी तथा चरित्रहत्या घटना बढेको भन्दै सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
२०७३ चैत्र १७ गते प्रकासित ।
प्रतिकृया दिनुहोस्
Loading...