म्याडमले फोन गरी बोलाइएका बालक स्कूलमा मृत भेटिए
काठमाडौंको रानीबारीमा रहेको नेपाल प्रहरी स्कूलमा एक बालकको रहस्यमय मृत्यु भएको छ । नवलपरासीको कावासोेती स्थायी घर भएका १४ वर्षीय बालक कुन्दन थापाको आज बुधवार दिउसो मृत्यु भएको हो ।
मृतक बालकको शव प्रहरीले अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखेको छ । बालकका आफन्तले प्रहरीले घटनाका बारेमा आफूहरुलाई स्पष्ट जानकारी नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
मृृतक बालकका पिता वैदेशिक रोजगारीको शिलशिलामा कम्वोडियामा रहेका छन् भने उनी आमा गौमती पुनका साथमा सामाखुसीमै रहेको घरमा थिए । उनले केही दिन अघि मात्र सकिएको कक्षा ८ को जिल्ला स्तरीय परीक्षा सकेर घरमा बसेका थिए ।
घरमा बसिरहेका बालक थापालाई दिउसो एक्कासी विद्यालयबाटै फोन गरेर बोलाइएको थियो । तर, विद्यालयमा पुगेका बालक थापा केहीबेरमै मृत्यु भएको भन्ने खबर आएपछि उनका आमासहित सबै आफन्त गहिरो पीडामा परेका छन् ।
घरमा बसिरहेका बालक थापालाई दिउसो एक्कासी विद्यालयबाटै फोन गरेर बोलाइएको थियो । तर, विद्यालयमा पुगेका बालक थापा केहीबेरमै मृत्यु भएको भन्ने खबर आएपछि उनका आमासहित सबै आफन्त गहिरो पीडामा परेका छन् ।
कसरी भयो घटना ?
बालक कुन्दन थापा दिउसो आफ्ना साथीहरुसँग घरमै खेल्दै रमाइरहेका थिए । बिहानको खाना खाएर दिउसो घरमा साथीहरुसँग खेलिरहेका बेला दिउसो १२ः३२ बजे उनको आमाको फोनको घन्टी बज्यो । त्यो फोन नेपाल प्रहरी स्कूलको ल्यान्डलाइनबाट आएको थियो ।
आमा गौमतीका अनुसार त्यो फोन विद्यालयकै कुनै म्याडमले गरेकी थिइन । तर, उनले चिनिनन् । त्यसको आधारघन्टापछि दिउसो १ः०८ बजे सोही नम्बरबाट फेरि फोन आयो । त्यो फोन बालक थापाले नै उठाएर कुरा गरे । फोन गर्ने कुनै महिला स्वर नै थियो ।
आमा गौमतीले कुनै म्याडमले नै फोन गरेको हुनसक्ने बताएकी छन् । तर, उनले दुबै पटक फोन गरेर कुरा गर्ने महिला स्वर भए पनि को हो भन्ने चिन्न सकिनन् । बालक थापाले पछिल्लो पटक गरिएको फोन उठाएर कुरा गरेपछि आफू एकछिन विद्यालयबाट बोलाएको भन्दै एकछिन पुगेर आउने भने । आमालाई केहीबेरमा फर्किहाल्ने भन्दै गएका बालक थापा फर्केनन् ।
आमा गौमतीले कुनै म्याडमले नै फोन गरेको हुनसक्ने बताएकी छन् । तर, उनले दुबै पटक फोन गरेर कुरा गर्ने महिला स्वर भए पनि को हो भन्ने चिन्न सकिनन् । बालक थापाले पछिल्लो पटक गरिएको फोन उठाएर कुरा गरेपछि आफू एकछिन विद्यालयबाट बोलाएको भन्दै एकछिन पुगेर आउने भने । आमालाई केहीबेरमा फर्किहाल्ने भन्दै गएका बालक थापा फर्केनन् ।
तर, केहीघन्टापछि बालक थापा तीन तलाबाट हाम फालेको भन्दै विद्यालयबाटै खबर गरियो । तर, त्यो खबर बालकको घरमा गरिएन । उनका नजिकका अरु कुनै आफन्तलाई घटनाबारे जानकारी गराइयो । ती आफन्तले आमा गौमतीलाई त्यो कुरा जानकारी गराए ।
त्यसपछि आमा गौमती र उनका अरु आफन्त सोधीखोजीमा लागे । बुझ्दा बालकलाई नेपाल प्रहरी अस्पतालमा लगिएको थाहा भयो । आमा र अरु आफन्त नेपाल प्रहरी अस्पतालमा पुुग्दा उनको मृत शरिर मात्र थियो । तर, आफन्तले तीन तलाबाट हाम फालेको भनिएजस्तो ठूलो घाउचोट कतै देखेनन् । त्यसपछि उनीहरुले त्यसबारे आशंका गर्दै सोधखोज गरे ।
प्रहरीले बालक थापाको शव केहीबेरमै महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पु¥यायो । घटनाको बारेमा प्रष्ट जानकारी नदिनु, बालकको शरिरमा खासै ठूलो चोटपटक नदेखिनु, बच्चालाई घटना भएको भनिएको ठाउँबाट अभिभावक, आफन्तलाई खबर नै नगरेर हतारहतार प्रहरी अस्पतालमा लगिनु र त्यहाँबाट पनि केहीबेरमै शव अर्को अस्पतालमा सारिनुले आफन्तले यो घटना रहस्यमय भएको बताएका छन् । घटनाको सत्यतथ्य बाहिर ल्याउन उनीहरुले माग गरेका छन् ।
बालक थापाका बाबु बुधबार नै घटनाको जानकारी पाएपछि कम्वोडियाबाट नेपाल हिडेको आफन्तले जानकारी दिएका छन् ।
घटनाको बारेमा जानकारी माग्न नेपाल प्रहरी स्कूल रानीबारीको नम्बरमा फोन गर्दा फोन रिसिभ गर्ने स्टाफले यसबारे आफूलाई थाहा नभएको र माथिल्लो तहमा कुरा गर्नुपर्ने बताए । त्यसपछि सोही विद्यालयमा कार्यरत नेपाल प्रहरीकी इन्स्पेक्टर शर्मिला गुरुङसँग कुरा गर्दा उनले घटनाबारे कुरा गर्न मानिनन् ।
उनले घटना भइसकेकोले यसबारे कुरा गर्दा बालबच्चाको भविष्यमा असर पर्नसक्ने बताइन । साथै उनले कार्यालयमै बसेर कुरा गर्ने बताउँदै घटनाको अध्ययन गर्न अनुसन्धान टोली खटिसकेको जानकारी दिइन ।
२०७३ चैत्र १६ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...