महाराजगन्जमा माइ शपको सातौ शाखा, कम्पनीमा प्रयोग हुदैं वाताबरण मैत्री केमिकल्स
- काठमाडौं ३० फागुन ।
ग्राहकको समस्यालाई मध्यनजर गर्दै माइ शपले आफ्नो सातौ शाखा विस्तार गरेको छ । ७० बर्ष देखि ड्राइ क्लीनिङको क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्दै ग्राहकहरुको सेवामा अनवरत रूपमा काम गर्दै आइरहेको माइ शप ड्राइ क्लीनर्सले आफ्नो सातौ शाखा आज महाराजगन्जमा खोलेको हो ।
अत्याधुनिक मेशीनबाट जुनसुकै गार्मेन्ट्सहरु सफा गर्ने यस कम्पनीले बातावरण मैत्री केमिकल्सहरु मात्र प्रयोग गर्ने र सफाइमा कुनै कसर नछोड्ने बताएको छ।
बीसौ बर्ष देखि कार्यरत कर्मचारीहरुले ड्राइ क्लीनिङ ब्यवसायमा बिशेषग्यता हासिल गरिसकेका छन् । तीन पुस्ता देखि निरन्तर चल्दै आएको यस कम्पनीलाई समाजमा घरगृहस्ती एवम व्यवसायिक क्षेत्रका धेरैले रुचाउने गरेको कम्पनीको मालिक नीलम हर्जानिले बताए।
सातौ शाखाको शुभारम्भको अवसरमा फाल्गुन २७ तारिख सम्म ड्राइ क्लीनिङमा १५५ छुटको व्यवस्था राखिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...