अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभुको एटीएम सञ्चालनमा

  • काठमाडौँ, २५ फागुन । 
प्रभु बैंक लिमिटेडले आप्mना ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । 

उक्त एटिएमको उद्घाटन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले गरेका थिए ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा सञ्चालित बैंकको एटिएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्नेछन् । 

उक्त एटिएमबाट बैंकका ग्राहकहरुले अधिकतम लाभ उठाउन सक्ने बैंकले विश्वास गरेको विज्ञप्तिमा जनाइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...