होसियार ! होलीमा इच्छा विपरीत रङ दल्नेलाई कारवाही हुने

  • काठमाडौं,२० फागुन ।

गृह मन्त्रालयले फागु पूर्णिमा पर्वमा अरुको इच्छा विपरीत जबरजस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने तथा महिला, बालबालिका लगायत बाटोमा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जारी गर्नुभएको विज्ञप्तिमा त्यस्तो काम कोही कसैले नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न अनुरोध गरिएको छ ।

मन्त्रालयको सूचना विपरीत कसैको इच्छा÷स्वीकृतिबिना रङ दल्ने र लोला हान्ने काम गरे प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ । यस वर्ष पहाडी जिल्लामा यही फागुन २९ गते र तराईका जिल्लामा ३० गते फागु पूर्णिमा मनाइँदैछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...