विप्लव सहभागी प्रशिक्षणमा प्रहरी र सेनाको घुसपैठ, ३ जना कम्युनिष्ट पार्टीको कब्जामा

  • इमान्दार मिडिया संवाददाता । 
नेपाल कम्युनिष्ट पार्टीको काठमाडौँ उपत्यका स्तरीय आन्तरिक प्रशिक्षणमा नेपाली सेना र नेपाल प्रहरीको घुसपैठ भएको छ ।

ललितपुरको जावलाखेलस्थित लभ्ली ब्याङ्क्वेटमा चलिरहेको आन्तरिक प्रशिक्षणमा ५ जना सीआइडीको घुसपैठ भएको थियो ।

अत्यन्तै कडा सुरक्षा व्यवस्थाबीच चलीरहेको प्रशिक्षणमा अपरिचित व्यक्ति देखेपछि कार्यक्रमको सुरक्षामा खटिएका स्वयमसेवकले ५ जना मध्य ३ जनालाइ नियन्त्रणमा लिएका छन् भने १ जना भाग्न सफल भएका छन्। 

शुक्रबार अपराह्न करिब ४ बजे कब्जामा लिइएका तीनै जनाको साथबाट राष्ट्रिय अनुसन्धान विभाग (सीआइडी) को परिचय पत्र भेटिएको कम्युनिष्ट पार्टीले जनाएको छ ।

उनीहरुसँग रहेको सञ्चारसेट र परिचय पत्रसहित तीनै जनालाई कम्युनिष्ट पार्टीको सुरक्षा टीमले आफ्नो नियन्त्रणमै राखेको छ। ।

कम्युनिष्ट पार्टीको उच्च श्रोतका अनुसार महासचिव विप्लवसहित पार्टी शीर्ष नेताहरु सहभागी उक्त प्रशिक्षणमा उपत्यकाका तीनवटै जिल्ला र पार्टीका विभागीय जिम्मामा रहेका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

२०७३ चैत १८ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...