गुर्जुधारामा ट्रकको ब्रेक फेल हुदाँ २ जनाको मृत्यु, ९ घाइते, ४ सवारी साधन क्षतिग्रस्त

  • काठमाडौँ, ४ चैत । 
काठमाडौंको गुर्जुधारामा ठुलो दुर्घटना भएको छ ।

ट्रकको बे्रक फेल भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ९ जना घाइते भएका छन् भने ४ वटा सवारी साधनमा क्षति पुगेको छ ।

मृत्यु हुनेमा झापा अनारमनिका ३७ बर्षिय डम्बर पोख्रेल र काभ्रेपलाञ्चोक पनौतीका ४६ बर्षिय कान्छाबली लामा रहेका छन् ।


बिहान ११ बजे बा ३ ख ९७७३ नम्बरको ट्रकले सन्तुलन गुमाँउदा अन्य ३ सबारी साधनलाई ठक्कर दिनपुगेको थियो । शुरुमा मे १ ख २४३९ नंबरको मिनिट्रकलाई ठक्कर दिएको थियो । त्यसपछि ठक्कर खाएको मिनिट्रकले बा १ ज ७९६७ नंबरको ट्याक्सीलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने क्रममा बा ६९ प ६२८५ नम्बरको स्कुटर पनि दुर्घटनामा परि क्षतबिक्षत भएको थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनी जानकारी दिएका छन् ।

दुर्घंटनामा परी नाम नखुलेका बा ३ ख ९७७३ नम्बरको ट्रकका चालक गंभिर घाइते भएका छन् । साथै अर्को ट्रकका चालक र सहचालक पनि घाइते भएका छन् ।

यस्तै ट्याक्सीमा सबार २ यात्रुसहित चालक र स्कुटीमा सबार २ जना गरी ८ जना घाइते भएको पोखरेलले जानकारी दिए ।

तस्विर : शिवकुमार महर्जन/रुटिन अफ नेपाल बन्द

,

प्रतिकृया दिनुहोस्

Loading...