मधेसी मोर्चाले एमाले नेतालाई दल्यो कालोमोसो

- सप्तरी, २० फागुन ।
शुक्रबार राजविराज १ हटियास्थित माछा हटियामा अभियानलाई सफल पार्न पर्चा बितरण गरिरहेको समयमा मोर्चा कार्यकर्ताले चौधरीलाई कालोमोसो दलेका हुन् । चौधरीलाई मालोमोसो दल्न शुरु गरेपछि त्यहाँ उपस्थित एमालेका जिल्ला सचिव शम्भु यादवसहितका एमाले नेताहरु भागेका थिए ।
शनिबारदेखि प्रारम्भ हुन लागेको मेची-महाकाली अभियानलाई सफल बनाउन लागिपरेको एमाले र त्यसबिरुद्ध आन्दोलन घोषणा गरेको मधेसी मोर्चाबीच सप्तरीमा तनाब बढेको हो ।
एमालेले सप्तरीमा आमसभा गरिछाड्ने र मोर्चाले हुन नदिने अडान लिएपछि दुवै पक्ष आमने सामने भएका हुन् ।
मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमालेबिरुद्व मधेसी जनता आक्रोशित रहेको बेला पनि आफ्नो गतिविधी गर्न खोजेपछि जनता थप आक्रोशित भएको बताएका छन् । उनले जनताले नै कालोमासो दलेको दाबी गरे ।
यसअघि बिहीबार एमालेका कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच राजविराजमा झडप भएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...
