काठमाडौंका विभिन्न ठाउँमा आज ६ घण्टा बिजुली नआउने

  • काठमाडौं, २१ फागुन ।
चक्रपथ विस्तारको क्रममा शनिबार काठमाडौंका विभिन्न ठाउँमा ६ घण्टा विद्युत आपर्ति बन्द हुने भएको छ ।

चक्रपथ भित्रका विद्युतीय संरचना सार्नुपर्ने भएकाले काठमाडौंको दुर्गानगर कोलोनी, कलंकी, लाम्पाटी, रविभवन, सोल्टीमोड, कालिमाटी, ताहाचल, छाउनी, सितापाईला रिङरोड भित्र र किम्डोल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकारणको कुलेश्वर वितरण केन्द्रका अनुसार तोकिएको समयभन्दा अघि वा पछिसम्म पनि बिजुली नआउन सक्छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...