सिम्रिक एयरकाे काठमाडौँ–भरतपुर उडान सुरु

  • चितवन, ९ चैत । 

सिम्रिक एयरले बुधवारखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ । 

बिहान ९ः५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः२० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिए । सिम्रिकसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ । 

सिम्रिकको १८ सिटको सो जहाजले १५ जना यात्रु ल्याएको थियो भने फर्कँदा आठ जना लिएर गएको छ । सिम्रिकका भरतपुर स्टेसन प्रमुख कुलराज शर्मा पौडेलले आजदेखि काठमाडौँ–भरतपुर–काठमाडौँ नियमित उडान गरिने बताए । 

अन्य जहाजकै भाडादरमा एकतर्फी रु तीन हजार ५०० मा सिम्रिकले पनि उडान सुरु गरेको हो । भरतपुरबाट काठमाडौँका लागि दैनिक बुद्ध एयरले छ र यती एयरलाइन्सले तीन उडान गर्दै आएका छन् । 

नारायणगढ–मुग्लिन सडक खण्डमा मर्मतका कारण दिउँसो लामो समय बन्द हुने र सवारी जाम हुने भएपछि अधिकांश यात्रुले हवाई मार्ग प्रयोग गर्दै आएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...