बाटाेमा निरन्तर ढुङ्गा झर्न थालेपछि चीन जान लागेका कन्टेनर नाकामै रोकिए

  • रसुवा, ९ चैत

चीनको ठोङ्सामा तीन दिनदेखि निरन्तर ढुङ्गा झर्न थालेपछि चीन जान लागेका कन्टेनर रसुवागढि नाकामा रोकिएका छन् । 

ठोङ्सामा तीन दिनअघि आएको हिमपहिरो पन्छाउने काम भए पनि ढुङ्गा निरन्तर झरिरहेकाले चिनियाँ पक्षले सवारी आवतजावतमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

सवारी आवतजावतमा रोक लगाएपछि चीन जान लागेका डेढ सय भन्दा बढी कन्टेनर रसुवाको विभिन्न स्थानमा रोकिएका छन् । 

ढुुङ्गा झर्ने क्षेत्रमा चिनियाँ पक्षले काम गरिरहेको र शुक्रबारसम्ममा सवारी साधन सञ्चालन हुने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...