सरकारको संरक्षणमा कालोबजारी र कृतिम अभाव सिर्जना गरिएको खुलासा
काठमाडौ, ३ चैत्र ।
उपभोक्ता अधिकार संरक्षण संघले दैनिक उपभोग्य वस्तु पेट्रोल, ग्याँसलगायत यातायातमा भइरहेको कालोबजारी रोक्न माग गरेका छन् ।
विश्व उपभोक्ता अधिकार दिवस २०७३ को अवसरमा राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी संघले सरकारले कालोवजारी गर्नेलाई कावाही गर्नुको सट्टा प्रश्रय दिने गरेको खुलासा गरेकाे हाे ।
प्रत्येक वर्ष सरकारले १५ मार्चको दिन उपभोक्ता अधिकार दिवस मनाउँदै आइरहेको छ । यसवर्ष पनि ‘उपभोक्ता हित संरक्षणमा लगाऔं ध्यान, संरक्षण गरौं सम्पति जीउ ज्यान’ भन्र्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाएको छ । उपभोक्ता अधिकारकर्मी भने सरकारको फितलोपन देखेर आर्कोसित छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उपभोक्ता अधिकार दिवस मनाउने तर अन्य समयमा भने कालोबजारी र कृतिम अभाव गर्ने व्यापारीलाई प्रश्रय सरकारले दिइरहेको संघका अध्यक्ष नेत्रबहादुर लिम्वुले बताए ।
उनले सरकारले हालै खाना पकाउने ग्यासमा गरेको मूल्यवृद्धि फिर्ता गराउन माग समेत गरे । ‘उपभोक्ता दिवसको मुखैमा आएर उपभोक्तालाई सास्ती दिइरहेको र कालोबजारी र कृतिम अभाव गर्ने व्यापारीलाई कारवाही गर्न नसक्ने सरकारसँग अब अरु के आश गर्ने ?’ लिम्वुले भने ।
प्रतिकृया दिनुहोस्
Loading...