मोर्चाका कार्यकर्ताद्वारा राजविराजमा लाठी जुलुस प्रदर्शन

  • सप्तरी,२३ फागुन । 
नेकपा एमालेको मेची महाकाली अभियानको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले राजविराजमा लाठी जुलुस निकालेका छन् । 

सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा एमालेले सभाको तयारी गरिरहेका बेला मोर्चाका नेता तथा कार्यकर्ता हातमा लाठी लिएर सडकमा निस्किएका हुन् । 

मोर्चाले सोमबार सप्तरी बन्द घोषणा गरेको छ । एमालेले भने आफ्नो पूर्र्व निर्धारित सभा र ¥याली गर्ने भइरहेको जनाएको छ । 

एमालेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले अभियान कुनै दलको विरोधमा नभएकाले अवरोध नगर्न आग्रह गरे । मोर्चा र एमालेका कार्यकर्ताबिच झडप हुनसक्ने भएपछि सप्तरीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

नेपाल प्रहरीको पूर्व क्षेत्रका डिआइजी रमेश भट्टराई आफै सप्तरी पुगेका छन् । झडप हुन नदिन सशस्त्र तथा नेपाल प्रहरीलाई परिचालन गरिएको उनले बताए । 

राष्ट्रिय मानवअधिकार आयोगले पनि विज्ञप्ति निकालेर शान्तिपूर्ण सभा सम्मेलन गर्ने अधिकार सबैलाई भएको भन्दै अवरोध नगर्न सचेत गराइसकेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...