पतिको अनुमतिमा भारतमा यौन धन्दा गर्दै आएकी नेपाली महिला राजस्थानबाट गिरफ्तार
- काठमाडौं, १५ चैत्र ।
भारतका ‘हाइ प्रोफाइल’ व्यक्तिकाे लागि देह व्यापार गरेको अारोपमा एक नेपाली महिला पक्राउ परेकी छन् ।
भारतीय संचारमाध्यमका अनुसार अर्घाखाँची जिल्ला घर भएकी एक युवतीलाई राजस्थानको सीकरस्थित एउटा होटलमा आपत्तिजनक अवस्थामा पक्राउ गरिएको हो । उनले भारतका हाइ प्रोफाइल भएका व्यक्तिहरुकाे लागि अाफ्नो शरीर सुम्पिदै अाएकी थिइन् । ती युवतीले एक घण्टाका लागि दुईदेखि तीन हजार रुपैयाँ लिने गरेको प्रहरीको दाबी छ ।
कल सेन्टर खोलेर ‘हाइ प्रोफाइल’ व्यक्तिका लागि देहव्यापार गर्दै आएको सूचनाका आधारमा प्रहरीले कारवाही गरेको बताइएको छ । प्रहरीले सोमबार राति गरेको कारवाहीमा अन्य तीन जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल मालिक र दलाल रहेको बताइएको छ ।
ती युवती विवाहित रहेको र उनको पति दिल्लीस्थित एक होटलमा काम गर्दै आएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार पक्राउ परेकी युवतीले पतिलाई समेत आफ्नो पेशाका बारेमा राम्रो जानकारी रहेको बताएकी छन् ।
प्रतिकृया दिनुहोस्
Loading...