अनैतिक सम्बन्धमा कुरा नमिलेपछि भाउजुले गरिन देवरको हत्या
- बाग्लुङ १ चैत्र ।
यहि फागुन २७ गते बिनोदले आत्महत्या गरेको बताएका थिए । तर प्रहरीले गरेको अनुसन्धाबाट उनको भाउजु नाता पर्ने रिता नेपालीले उनको हत्या गरेको तथ्य सार्वजनिक भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार हरिजनले आफै आत्महत्या गरेको भन्ने खबर पाएपछि प्रहरी निरिक्षक खड्क नारायण शाहको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा विभिन्न खालका कारणहरु देखिएको छ । केहि समयदेखि हरिजन र रिता नेपालीको अनैतिक सम्बन्ध रहेको तथ्य पत्ता लागेको प्रहरीले जनाएको छ ।
आफ्ना बाबु आमासँग भारतमै बसोबास गर्ने हरिजन समय समयमा आफ्ना ठुलो आमा बुवाको घरमा आउने जाने गरेका थिए ।
यसै क्रममा उनको भाउजु पर्ने रिता नेपालीसँग बारम्बार यौन सम्बन्ध राख्ने गरेको बताइएको छ । उक्त घटनाका दिन रिता र बिनोदबीच एक आपसमा झगडा हुँदा हरिजनले नेपालीलाई कुटपिट गरेकाले सोही गाउँकै टेकबहादुर थापालाई बोलाएर दुई जनाले हत्या गरेको दुवैले स्वीकार गरेका छन् ।
नेपालीका श्रीमान मलेसियामा रोजगारका लागि गएका छन् भने नेपालीको सोही गाउँकै टेकबहादुर थापासँग पनि अनैतिक सम्बन्ध रहेको भन्ने पत्ता लागेको प्रहरीले जनाएको छ ।
टिभी अन्नपुर्णबाट
टिभी अन्नपुर्णबाट
प्रतिकृया दिनुहोस्
Loading...