आज पहाडी भेगमा पानी पर्ने सम्भावना

  • काठमाडौं, २१ फागुन ।

आज देशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले विशेषगरी पहाडी भेगमा पानी पर्ने अनुमान गरिएको मौसमविद शान्ति कँडेलले बताए ।

उनका अनुसार उच्च पहाडी क्षेत्रमा हिमपातको संभावना पनि छ । आज देशभरीकै मौसम बदली हुने उको अनुमान छ ।

दिनभरी मौसम बदली भएपनि बेलुकीपख भने खुल्ने मौसमविद कँडेलले बताए । भोलिदेखि भने देशभरीकै मौसम सफा हुने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Loading...