सप्तरी हत्याकाण्डपछि यसरी सफल भयो भारत, के-के हुन् नेपाल अस्थिर बनाउने योजना ?


  • समाचार टिप्पणी ।

नेकपा एमालेको मेची-महाकाली अभियानको कार्यक्रम चलिरहेका बेला सोमबार सप्तरीमा जुन हत्याकाण्ड घट्यो, त्यसले नेपालमा रानीतिक अस्थिरता कायम राख्ने भारतको योजना सफल भएको मान्न सकिन्छ। 

एमालेले आफुलाई निकै राष्ट्रवादीको रुपमा उभ्याएर मेची-महाकाली अभियान सञ्चालन गरिरहेका बेला यस प्रकारको गम्भीर घटना घट्न सक्ने आँकलन नगरिएका भने हैनन् । सोमाबार बिहानैदेखि राजविराजमा तनाब बढेको समाचारहरु आइरहेका थिए ।

मोर्चाका कार्यकर्ताहरुले जसरी पनि अवरोध गर्ने र एमालेले सुरक्षा घेराका बीच भएपनि कार्यक्रम गरि छाड्ने अडान राखेपछि अन्ततः ठाउँ सारेर एमालेले आफ्नो कार्यक्रम सुरु गर्यो ।

कार्यक्रम गर्नै नदिने मोर्चाको तयारी अनुसार उसका कार्यकर्ताहरु एमालेको कार्यक्रम बिथोल्न सक्रिय भएका थिए । जब एमालेको कार्यक्रम सकियो । नेता-कार्यकर्ता फर्कन थाले, त्यसपछि घटनाले अर्कै रुप लियो । 

मधेशी मोर्चाका कार्यकर्ताले एमाले नेताहरुलाई कालोझण्डा देखाउन थाले । प्रहरीले बल प्रयोग गर्यो अश्रुग्यास, हवाई फायरिङ हुदै अन्ततः गोली हान्यो ।

प्रहरीको गोली प्रहारबाट सञ्जन मेहता घटनास्थलमै ढले र उनको ज्यान गयो । घटनामा परी दर्जनौ घाइते भए अन्य ३ जनाको उपचारका क्रममा ज्यान गएपछि मारिनेको संख्या ४ पुगेको छ । 

यसरी प्रहरीको असंयमता, एमालेको अती अहंकारवादी दम्भ र मधेशी मोर्चाको हिंसात्मक आन्दोलनको स्वरुपका कारण यो हत्याकाण्ड घटेको हो ।

यो हत्याकाण्डसंग भारतको हात छ या छैन यो पछी बाहिर आउने कुरा होला तर अहिले यो घटनापछि मूलतः भारत नेपाललाई अस्थिरतातिर धकल्ने आफ्नो योजनामा सफल रहेको विश्लेषण गर्न सकिन्छ ।


प्रचण्ड सरकार बिरुद्ध के-के थिए भारतका तत्कालिन योजना ?

एमाले अध्यक्ष केपी ओलीको सरकार  बहिर्गमनपछि बनेको प्रचण्ड सरकारसंग भारत त्यति टाढा थिएन । जसरी हुन्छ प्रचण्डलाइ आफ्नो हितमा प्रयोग गर्ने भारतको योजना कायमै थियो । तर ओली र प्रचण्डको सयुक्त पहलमा नै भारतको हित अनुकुल नहुने गरी संविधानसभा मार्फत संविधान घोषणा गरिएपछी भारत प्रचण्डसंग पुरै विश्वस्त भने थिएन ।

त्यसैले प्रचण्ड सरकार गठन भएपछि भारतले ओली सरकारलाईजस्तो पुरै नाकाबन्दी लगायर संकटमा पार्ने भन्दा पनि सरकारी तहबाटै आफ्नो अनुकूलतामा नेपालसंग केहि व्यापारीक सम्झौता गरेर फाइदा लिने र अरु छिमेकी राष्ट्र मार्फत नेपाललाई आउने सहयोग रोक्ने योजनामा थियो ।

प्रचण्डसरकारलाई आफु अनुकुल प्रयोग गर्दै असफल पार्ने भारतका मूलतः तिन वटा एजेण्डा थिए । 

१ चिनिया राष्ट्रपाटीको भ्रमण रोक्ने 

प्रचण्ड सरकार गठन भएलगत्तै नेपालमा चिनियाँ चासो बढेको थियो । बढेको चिनियाँ चाँसोसंगै चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने लगभग निश्चित नै भइसकेको थियो । 

भारत चिनिया राष्ट्रपतिको नेपाल भ्रमण जसरी पनी रोक्ने योजनामा थियो । आफ्नो उक्त योजनामा भारत अहिलेसम्म सफल रहेको छ । 

२ चीनको व्यापार सम्झौता कार्यान्वयन हुन् नदिने 

त्यस्तै भारतको अर्को योजना भनेको प्रचण्ड सरकारको पालामा नेपालमा चीनले लगानी गर्ने गरी भएको नेपाल र चिनबीचको बहुआयामित महत्वका योजनाहरुलाई कार्यन्वयन गर्न नदिने रहेको थियो ।

भारतलाई केपी ओली सरकारका पालामा पनि चीनले नेपालतिर बढी नै चासो दिएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेकै थियो । 

केपी ओलीको सरकार बहिर्गमनपछी भारतले प्रचण्डलाइ ब्यालेन्समा राखेर चिन नेपाल बीच भएको व्यापारिक सम्झौता रोक्ने भित्रि योजनाका साथ प्रचण्डलाइ नै प्रधानमन्त्रीको रुपमा अगाडी सार्दै कांग्रेस माओवादी गठबन्धन बनाउने बाताबरण तयार पारेको थियो ।

नेपालको हितमा रहेका कयौं बहुआयामिक चिनिया योजना सफल हुन् नदिने योजनामा पनि भारत नै सफल रहयो ।

३ संविधान संसोधन रोक्ने 

माथी उल्लेख गरिका दुई वटा योजनामा भारत सफल बनिसकेपछि उसको अर्को योजना थियो संविधान संसोधन रोक्ने । 

मधेश केन्द्रित राजनीतिक दल र केहि जनजाति पार्टीहरुले संविधान संसोधन गरेर सबै जाती, क्षेत्रका अधिकार सुनिश्चित गर्नुपर्ने माग राखिरहेका बेला भारतले जुनसुकै हालतमा पनि संविधान संसोधनलाइ रोकेर मधेशी मोर्चालाई उत्तेजित पार्दै नेपालमा अस्थिरता फैलाउन चाहेको थियो ।

हो, ठिक यही नेर आएर भारतले एमालेलाई प्रयोग गरेको देखिन्छ । पहाडका पश्चिम बुटवल, सल्यान, जुम्ला, सुर्खेत, कैलालीको नरसंहार लगायतका अखण्ड र संघियता पक्षधर बिचका झडप र आन्दोलन त्यसैको कडीका रुपमा लिन सकिन्छ । 

एकातिर मधेशी मोर्चा सरकारमा भाग लिइरहेको र अर्को तिर आन्दोलन पनि संगसंगै गरिरहेको हुनाले संविधान संसोधन हुन्छ, भन्दै मधेशी मोर्चालाई अलमल्याउले भूमिका खेल्ने र अर्को तिर स्थानीय निर्वाचनको मिति घोषणा गर्नुले संसोधन रोकेर मधेशमा आन्दोलनको आगो बाल्ने स्थितिको सिर्जना गर्ने भारतको योजना सफल भएको छ।

स्थानीय चुनावको घोषणा र मधेशमा आन्दोलन दुवै भारतको योजनामा 

सरकारले प्रतिकूलताबीच घोषणा गरेको स्थानीय निर्वाचन र मधेशी मोर्चाले सुरु गरेको आन्दोलन दुवै भारतको योजनामा भएको विश्लेषण हुन थालेको छ ।

प्रचण्ड सरकारको अगाडी कठिनाइकाबिच आफ्नो कार्यकालमा स्थानीय चुनाव सम्पन्न गर्नुपर्ने कार्यभार थियो । उक्त कार्यभार सम्पन्न गर्न संविधानसंग असन्तुष्ट दलहरु मुख्यतः मधेशी मोर्चालाई चुनावमा सहभागी हुने वातावरण बनाउनु नै थियो । 

यो दुवै काम सम्पन्न गर्न प्रचण्डलाइ भारतको साथ अनिवार्य थियो । भारत नेपालमा जसरी पनी अस्थिरता चाहान्थ्यो, त्यसैले उसले एकातिर प्रचण्ड सरकारलाई असन्तुष्टहरुलाई पेलेरै भएपनि स्थानीय निर्वाचनको घोषणा गर्न उक्साइ रहेको थियो । 

अर्कातिर मधेशी मोर्चालाई संविधान संसोधनबिना कुनै पनि हालतमा चुनावमा नजान दबाद दिइरहेको थियो । यता सरकारलाई स्थानीय चुनावको घोषणा गराउन सफल भइसकेपछि अब मधेशी मोर्चालाई उचालेर मधेशमा आन्दोलनको आगो बाल्ने वातावरण बनाउनु थियो । 

त्यसका लागी भारतलाइ उपर्युक्त माहुल चाहिएको थियो । ठिक त्यही बेला एमालेको मेची-महाकाली अभियान सुरु भयो । यसलाई भारतले सहि मौका ठानेर त्यसको सदुपयोग गर्दै  मधेशी मोर्चालाई आन्दोलन सुरु गर्ने र खास मौकामा सरकारबाट बाहिरिदै नेपाललाई अस्थिर बनाउने योजना सफल पार्ने तारतम्य मिलायो, भारत यहानेर पनि सफल नै भएको छ।

यो दुई वटा खेलमा आफु खेल्ने र नेपालमा अस्थिरता कायम गर्दै आफ्नो नवउपनिवेश कायम गर्ने भारतको योजना अहिले सफल भएको मान्न सकिन्छ ।

अब प्रचण्डका अगाडी दुई बिकल्प 

सप्तरी हत्याकाण्डपछि  देशमा जुन प्रकारको अस्थिरता उत्पन्न भएको छ, त्यसले अब प्रचण्डका अगाडी दुई वटा विकल्प खडा गरिदिएको छ। 

१ सरकारबाट बाहिरिने 

एमालेको मेची-महाकाली अभियानको क्रममा सप्तरी हत्याकाण्ड जसरी घटेको छ त्यसले प्रचण्ड सरकारलाई निकै कमजोर सावित गरिदिएको छ ।

यो सन्दर्भमा प्रचण्डले नैतिकताका आधारमा सरकारबाट राजिनामा दिएर शान्तिपूर्ण समाधान खोज्नु नै उपर्युक्त बिकल्प हुने देखिन्छ ।

त्यसो नगरी थप अरु यस्तै प्रकारका हिंसात्मक घटनाहरु बढ्न सक्ने देखिन्छ । त्यसले देशलाई झन् अस्थिर बनाउदै भारतलाई खेल्ने ठाउँ दिने छ । यदी त्यसो भएको खण्डमा सबैभन्दा बढी दोष प्रचण्डलाइ नै आउने देखिन्छ ।

२ थप कठपुतली बन्दै आधुनिक तानाशाह हुनसक्ने

लेखक : कमल बुढा ।
प्रचण्डका अगाडी अर्को विकल्प भनेको आफ्नो नेतृत्वमा रहेको सरकारले स्थानीय निर्वाचनको घोषणा गरिसकेको अवस्थामा जसरी पनि आफ्नै नेतृत्वमा रहेको सरकारले नै स्थानीय निर्वाचन गर्ने हो भने भारतको थप कठपुतली भएको आरोप खेप्दै आधुनिक तानाशाह बन्नुपर्ने हुन्छ ।

यस्तो परिस्थतिमा देशमा केहि थप रक्तपात मच्चिन सक्छ, त्यसको सामना गर्न प्रचण्ड स्वयम् तयार रहदै मधेसी मोर्चालाई पेल्ने नीति अख्तियार गर्दै अगाडी बढ्नु पर्ने हुन्छ । 

प्रचण्ड बेला बेलामा आफु केहि भावुक पनि हुन्छन, त्यस प्रकारको उनको चरित्रका कारण यस प्रकारको आधुनिक तानाशाह बन्ने सम्भावना पनि निकै कम नै देखिन्छ ।

प्रचण्ड बहिर्गमन हुदै भारतको योजनामा बाबुराम नतृत्वकाे सरकार बन्न् सक्ने 

मधेशी मोर्चाले समेत सरकारको समर्थन फिर्ता लिइसकेको परिस्थितिमा प्रचण्ड सरकारको बहिर्गमन हुन् सक्ने सम्भावना बढेर गएको छ ।

सप्तरी हत्याकाण्डपछि यदी प्रचण्डले नैतिक हिसाबले राजिनमा दिए भने सरकार स्वत ढल्ने छ । त्यस्तै अर्को सत्ता गठबन्धन दल राप्रपाले तत्काल समर्थन फिर्ता लियो भने पनि सरकार अल्पमतमा परेर ढल्ने सम्भावना छ । 

यो दुई मध्ये कुनै एक कारणले मात्र सरकार ढल्यो भने भारतले आफ्नो सबै भन्दा विश्वासपात्रका रुपमा नयाँ शक्ति संयोजनक बाबुराम भट्टराईलाइ अगाडी सार्न सक्ने छ ।

बाबुराम भट्टराईले बेला-बेलामा विभिन्न कार्यक्रममा अन्तरिम चुनावी सरकारको कुरा गर्दै आएका छन् र उनले त्यसलाई उपर्युक्त विकल्प हुन सक्ने भन्ने गरेका छन् ।

बाबुरामको भनाइ र अहिलेको परिस्थितिले ठिक मेल खान गएको छ । यदी तत्काल प्रचण्ड नेतृत्वको सरकार ढलीहाल्यो भने खिलराज रेग्मी जस्तै अन्तरिक सरकार २ बन्ने छ र बाबुराम वा रबिन्द्र मिश्र जस्ता नयाँ कुनै अमुख पात्र भारतको छनोटमा पर्ने छन् ।

त्यसपछि बन्ने अन्तरिम सरकारले स्थानीय निकायको चुनाव गराउनेगरी उक्त सकारले संविधान संसोधन र मधेशी मोर्चाका मागलाई यथावत राख्दै पुनः देशमा अस्थिरता फैलाउने एउटा न एउटा एजेण्डा बाकि राखेर भारतकै योजनामा नेपालमा फेरी अर्को कठपुतली सरकार खडा गर्ने सम्भावना बढेर गएको देखिन्छ ।


हामीलाई फलो गर्नुहोस  


, ,

प्रतिकृया दिनुहोस्

Loading...