लोकमान सिंहविरुद्धकाे महाअभियोग सम्बन्धी प्रतिवेदन स्वीकृत

  • काठमाडौँ, १ चैत । 
व्यवस्थापिका संसद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसद्मा पेस भएको महाअभियोगको प्रस्ताव सम्बन्धी छानबिन प्रतिवेदन, २०७३ मा उल्लेखित सिफारिस सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रस्ताव महाअभियोग सिफारिस समितिका सदस्य रामनारायण विडारीले प्रस्तुत गरेका थिए ।

संसद्ले कम्पनी (पहिलो संशोधन) विधेयक, २०७३ बहुमतले पारित गरेको छ ।

त्यसअघि बैठकमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले ‘उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदन सहितको कम्पनी (पहिलो संशोधन) विधेयक, २०७३ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले विधेयकले दर्ता भए पनि सञ्चालन हुन नसकेका कम्पनीलाई खारेज गर्ने व्यवस्था गरेको बताए । अनलाइन उद्योग दर्ता र भुक्तानीको व्यवस्था विधेयकले गरेको जानकारी उनले गराए । 

रु पाँच करोडभन्दा बढी लगानी रहेका दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुनुपर्ने र त्यस्ता कम्पनीमा एक महिला सञ्चालक सदस्य हुनुपर्ने प्रावधान रहेको बताए । संसद्को अर्को बैठक चैत २ गते दिउँसो १ बजे बस्नेछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...