सरकार पीडित सुकुम्बासीहरूलाई कम्युनिस्ट पार्टीले दियो राहत
- सर्लाही, १५ चैत ।
नेपाल कम्युनिस्ट पार्टीले सुकुम्बासीलाई राहतस्वरुप लत्ता पकडा वितरण गरेको छ ।
केही महिना पहिले सरकारले वैकल्पिक व्यवस्था विना नै उठिबास लगाइएका सर्लाहीका सुकुम्बासीहरूलाई पार्टीका पोलिट्ब्युरो सदस्य सन्देश पाैडेलले राहत सामाग्री वितरण गरेका हुन् ।
मंगलबार एक विशेष कार्यक्रममा बोल्दै नेता पाैडेलले सरकारले सुकुम्बासीमाथि दानवीय व्यवहार गरेको बताए । उनले अाफ्नो पार्टीले सुकुम्बासी समस्या समाधान दिर्घकालिन रुपमा अन्त्य गर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टीका जनकपुर ब्युरो इन्चार्ज समेत रहेका नेता पाैडेलले कार्यक्रममा सर्लाहीका विभिन्न ठाउँमा बसोबास गरिरहेका १०५० घर धुरीका सुकुम्बासीहरूलाई लत्ता-कपडा वितरण गरेका थिए । सरकारी पक्षबाटै अन्यायमा परेका सुकुम्बासीहरूले कम्युनिष्ट पार्टीकाे राहत पाएर खुसी लागेकाे बताएका छन् ।
सरकारले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गत असारमा सुकुम्बासीले लगाएको मकै, धानलगायतका बाली नष्ट गरिदिएकाे थियाे भने घरका छानाहरू समेत भतकाइदिएकाे थियाे । सरकारले गरेका यस प्रकारकाे अमानविय व्यवहारबाट करिब ११ सयबढी सुकुम्बासीहरूकाे विचल्ली भएकाे थियाे ।
प्रतिकृया दिनुहोस्
Loading...