पत्रकारहरुको शुद्धिकरण गर्न महासंघ तयार भएपछि क्रान्तिकारीले लगाएको ताला खुल्यो

  • इमान्दार मिडिया संवाददाता ।
  • काठमाडौं, २० फागुन ।
पत्रकारहरुको सदस्यता शुद्धिकरण गर्नु पर्ने लगायतका माग राखी आन्दोलनमा उत्रिएको क्रान्तिकारी पत्रकार संगठनको माग अनुरुप तत्कालै शुद्धिकरण अभियान थाल्न नेपाल पत्रकार महासंघ तयार भएको छ ।

सहमतिसंगै क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले महासघंको केन्द्रीय कार्यालयमा लगाएको ताला खुलेको छ।

नयाँ सदस्यता वितरणमा इमान्दार पत्रकारलाई निषेध गरेर केही पार्टीको भर्ती केन्द्र बनाईएको, सदस्यता तत्काल सुद्धिकरण गरिनुपर्ने, गैरपत्रकारहरुको सदस्यतामाथि छानबिन गरी खारेज गर्नुपर्ने, दलीय सिन्डिकेटको अन्त्य गरिनु पर्ने लगायतका माग राखि माग गर्दे क्रान्तिकारीले १८ गते देखि महासंघमा ताला बन्दी गरेको थियो ।

शुक्रबार नेपाल पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनबीच भएको सहमति बमोजिम तत्कालै विधि र प्रकृया शुरु गर्ने महासंघले जनाएको छ ।

सम्झौतामा योग्यता पुगेका पत्रकारको सदस्यता विधान बमोजिम वितरण गर्ने तथा शुद्धिकरण थाल्ने उल्लेख गरिएको छ ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दु र क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष दीपेन्द्र रावलले सहमतिमा हस्ताक्षर गरेका छन्

, , ,

प्रतिकृया दिनुहोस्

Loading...